नबिल बैंक लिमिटेडले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार

नबिल बैंक लिमिटेडले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले बताए ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ । संख्या भने १८३ हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँरणनिती अनुसार बजारमा उपस्थित हुनेमा विश्वश्त छ ।

टिप्पणीहरू