काठमाडौंमा कोरोना संक्रमित कति ? को कहाँ छन् ?

काठमाडौंमा कोरोना संक्रमित कति ? को कहाँ छन् ?

काठमाडौंका विभिन्न अस्पतालमध्ये आजसम्म कोरोना संक्रमित शून्य रहेका अस्पताल तथा आइसोलेसन सेन्टरको संख्या १० पुगेको छ ।

कीर्तिपुर मोडर्न अस्पताल कीर्तिपुर,बयोधा अस्पताल बल्खु, राजधानी अस्पताल बल्खु,यति अस्पताल बाफल,नागार्जुन नगरपालिका इचङ्गुमा रहेको शहरी विकास भवनको माथिल्लो भवन, स्वयम्भूस्थित आनन्दकुटी, बुद्ध माई अस्पताल टेकु र ज्योती अस्पताल कालिमाटी, कीर्तिपुरस्थित ज्येष्ठ नागरिक भवन र मनमोहन स्मृति सामुदायिक अस्पताल दक्षिणकालीमा कोरोना संक्रमितको संख्या शून्य रहेको बताइएको छ ।

तर आयुर्वेदिक अस्पताल कीर्तिपुरको आइसोलेसनमा आइतबारसम्म ३६ जना रहेका छन् । तीमध्ये पुरुष ३३ जना,महिला ३ जना हुन् भने नयाँ भर्ना १ जना र डिस्चार्ज ५ जना रहेको बताइन्छ ।

त्यसैगरी नेशनल अस्पताल कलंकीमा ३ जना पुरुष कोरोनाका संक्रमित भर्ना भएका छन् । कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा हाल १ जना, मनमोहन मेमोरियल अस्पताल स्वयम्भूको आइसियुमा २ जना, हाईकेयरमा ५ जना रहेका छन् । तीमध्ये महिला ६ जना र पुरुष १ जना हुन् ।

ब्लुक्रस अस्पताल त्रिपुरेश्वरको आईसीयुमा २ जनासहित ३ जना भर्ना भएका छन् । तीमध्ये भेन्टिलेटरमा १ जना छन् । जसमा महिला २ जना र पुरुष १ जना हुन् ।

उता शुक्रराज ट्रपिकल अस्पताल टेकुको आईसीयुमा ५ जना, भेन्टिलेटरमा १६ जना,हाइकेयरमा ३७ जना र इमर्जेन्सीमा ५ जना गरी ६३ जना संक्रमित रहेका छन् । यसबीच २ जनाको मृत्यु भएको छ ।

उता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको नयाँ भवनमा ४८ जना,आइसोलेसनमा ४३ जना, एनआईसीयुमा २ जना रहेका छन् । त्यसमध्ये पुरुष ५२ जना र महिला ४१ जना छन् ।

चाल्नाखेल स्वास्थ्य चौकीको आइसोलेसनमा भने ८ जना उपचाररत छन् ।

टिप्पणीहरू