मित्रता होस् त यस्तो

क्युबाली नेता फिडेल क्यास्त्रोको आइतबार सम्पन्न अन्त्येष्टि कार्यक्रममा फुटबलका महान हस्ती डियगो म्याराडोनाले पनि उपस्थिति जनाएका छन् । अर्जेन्टिनाका ५६ वर्षीय उनले क्यास्त्रो आफ्नो ‘पितासरह’ भएको अभिव्यक्ति दिए । नोभेम्बर २५ मा दिवंगत भएका घागडान कम्युनिष्ट नेता क्यास्त्रोको अन्त्येष्टि पूर्वी सान्तियागोमा गरिएको हो । यसअघि नौ दिन शोक मनाउनेक्रममा अस्तु मुलुकभर घुमाइएको थियो ताकि जनताले अन्तिम श्रद्धाञ्जली दिन सकुन् । म्याराडोना र क्यास्त्रोको मित्रता सन् १९८७ मा भएको हो । त्यसपछि म्याराडोनाले दर्जनौंपटक क्युबाको भ्रमण गरे, लागुपदार्थ दुव्र्यसनको उपचार पनि त्यहीं गरे । उनको पाखुरामा चे ग्वेभारा र पिंडौलामा क्यास्त्रोको ट्याटु छ ।

टिप्पणीहरू