कन्चनपुरमा अर्को बलात्कार,बर्दियाका चुन्नु गिरफ्तार
नाबालिका निर्मला पन्तको बलात्कार र हत्याको गुत्थी अझै नसुल्झिएको कञ्चनपुरमा फेरि अर्को बलात्कार भएको छ तर यस प्रकरणका दोषी भने समातिएका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४,बेलकन्डे बस्ने २५ वर्षीय चुन्नुराम चौधरीलाई समातिएको हो ।
चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय,बर्दिया गुलरियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
टिप्पणीहरू