भारतीय राजदूत आज फर्कदै
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आज झण्डै दुई साता लामो अफिसियल भिजिटपछि नेपाल फर्कंदै छन् । असार ८ गते कतार हुँदै अमेरिका गएका राजदूत आज फर्कन लागेका हुन् । उनी चार दिन नयाँ दिल्लीमा बसेपछि नेपाल आउन लागेको बताइन्छ । तर,सेड्युल भने दोहा भएर आउने भनेर जनाइएको छ ।
भारतीय राजदूत चार जनाको टीम लिएर नयाँ दिल्ली नगई दोहा हुँदै अमेरिका गएको अफिसियल भिजिटलाई कूटनीतिक वृत्तमा अचम्म मानिएको छ । कोरोना महामारीबीच राजदूतले तेस्रो मुलुकमा गरेको अफिसियल भिजिटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको हो ।
आजै उनै राजदूतलाई दूतावासका प्रोटोकल अफिसर सुधिर डंगोलले विमानस्थलको विशिष्ट कक्षमा रिसिभ गर्दैछन् । राजदूतका निजी सचिव,पोलिटिकल सेक्सनका प्रथम सचिव र भिसा हेर्ने (‘र’ सम्बद्ध) तेस्रो वरियताका कन्सुलर अफिसरसहितको टोली अमेरिका उडेको बताइन्छ । अमेरिका उड्नुअघिको रात क्षेत्रपाटीस्थित एउटा चार तारे होटलमा रात्रीकालीन जमघट भएको थियो ।
स्रोत भन्छ,नेपालमा विकसित राजनीतिक परिस्थितिसँग राजदूत क्वात्राको अमेरिका प्रस्थानको घटनाले विशेष सम्बन्ध राख्ने आशंका गरिएको छ ।’
टिप्पणीहरू