अपरेशनअघि उर्दी

जापानको टोकियो मेडिकल विश्वविद्यालय अस्पतालले शल्यक्रियाका लागि आउने बिरामीलाई बकुल्लाजस्ता गेडागुडी खाएर नआउन सुझाएको छ । सोही अस्पतालअन्तर्गत सिन्जुका वार्डमा गत अप्रिलमा एक महिलाको पाठेघरको मुखको शल्यक्रिया हुँदै थियो तर सोही बेला महिलाले पाद्न थालिन् । निस्केको ग्यास आन्द्राबाट चुहिएर अपरेसन थिएटरमा फैलियो र शल्यक्रियामा प्रयोग भइरहेको लेजर किरणले टिपेपछि आगो लाग्यो । यद्यपि ३० वर्षीय महिला बेहोस अवस्थामा रहेकाले चिच्याइनन्, जबकि कम्मर र खुट्टा जलिसकेको थियो । अस्पतालले लामो जाँचबुझपछि र शल्यक्रिया कक्षमा आगोले टिप्ने कुनै वस्तु रहेको प्रमाण फेला नपरेपछि बल्ल सात महिनापछि यो घटना सार्वजनिक गरेको हो ।

टिप्पणीहरू