उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउने तयारी,महामारीको जोखिम उत्तिकै
उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थप हुनसक्ने बताइएको छ । आज साँझ बस्ने काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो पार्ने सम्भावना अधिक रहेको बुझिएको छ ।
कोरोना महामारी रोक्न जारी निषेधाज्ञा दुई महिना पुग्न लागेको छ । तर संक्रमणको जोखिम कायम रहेको बताउँदै ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले भन्नुभयो, ‘निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सकिन्छ ।’
जनआस्थासँगको कुराकानीमा निरौलाले यसअघिको बैठकले जोर बिजोर प्रणालीबाट निजी सवारीसाधन गुड्न दिएको बताउँदै आजको बैठकमा सार्वजनिक यातायात सञ्चालनबारे छलफल हुने जानकारी दिनुभएको छ ।
सार्वजनिक यातायात नखुले पनि निषेधाज्ञा अहिलेको भन्दा केही सहज हुने उहाँको दाबी छ । अहिले हप्तामा तीन दिन आलोपालो गरेर विभिन्न पेशा,व्यवसाय र पसलहरु खुलाइएको छ ।
टिप्पणीहरू