सार्वजनिक यातायात र शैक्षिक क्षेत्र बाहेक सबै खुला
उदयपुरमा भाेलि असार ८ गतेदेखि काेराेना कहरवीच व्यापार व्यवसाय खुला गर्ने निर्णय भएको छ । तर बाहिरी जिल्ला आवतजावत गर्न र सार्वजनिक सवारी साधनमा भने राेक लगाइएको छ ।
शैक्षिक संस्था र यातायातमाथिको राेक असार १४ गते रातिसम्म जारी रहने छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण फैलन नदिने नीतिलाई कायम राख्दै व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डकाे भने पूर्ण पालना गर्न अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइए कार्वाही गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले दिनुभएको छ ।
जारी नयाँ नीतिअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला गर्न पाइने छ । त्यस्तै,निजी सवारी साधन र सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था पनि सञ्चालन गर्न खुला गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
टिप्पणीहरू