होण्डाको CB 350 DLX चाँडै नेपाली बजारमा

होण्डाको CB 350 DLX चाँडै नेपाली बजारमा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा।लि।ले बहु प्रतिक्षित होण्डाको CB 350 DLX लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले सज्जित यो बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट भएका यस बाइकका मुख्य विशेषताहरु हुन् ।

यस बाइकको बारेमा थप जानकारीका लिनका लागि होण्डाको टोलफ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

टिप्पणीहरू