स्वास्थ्य संकट तुरुन्तै टर्ने स्थिति छैन : विज्ञ डा. राम थपलिया (भिडियो सहित)

स्वास्थ्य संकट तुरुन्तै टर्ने स्थिति छैन : विज्ञ डा. राम थपलिया (भिडियो सहित)

संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको बताउनुभएको छ ।

कोरोना महामारी रोकथाममा बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको उहाँको ठहर छ ।

डा.थपलियाले संकट व्यवस्थापनको लागि राजनैतिक नेतृत्वमा एक दलको र एक व्यक्ति हावी हुँदा संकट गहिरिँदै गएको बताउनुभयो । संकट समाधान प्रभावकारी ढंगले हुन नसक्दा जनमानस र आर्थिक क्षेत्रमा समेत नकारात्मक असर पर्न थालेको उहाँको धारणा छ ।

संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही समय होइन, केही वर्ष लाग्नेसमेत उहाँले आँकलन गर्नुभएको छ ।

संकटको पछिल्लो अवस्थाले राजनैतिक अस्थिरता र अराजकता निम्तिनसक्ने खतरा समेत टड्कारो हुँदै गएको थापाले बताउनुभयो ।

टिप्पणीहरू