विप्लव पुत्रपछि दुर्गा प्रसाईंद्वारा प्रितम सुवेदीमाथि शाव्दिक आक्रमण (अडियो सहित)

विप्लव पुत्रपछि दुर्गा प्रसाईंद्वारा प्रितम सुवेदीमाथि शाव्दिक आक्रमण (अडियो सहित)

झापाको विवादास्पद मेडिकल कलेज बीएण्डसीका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई करिब पाँच मिनेटको फोन वार्तामा आधाभन्दा बढी समय आमचकारी गाली गरेका छन् ।

कोभिड १९ को महामारीमा पनि प्रसाईंको अस्पतालले महँगो शुल्कमा मात्रै बिरामीको उपचार गराउँदै आएको लगायतका विषयमा भएको वार्तामा प्रसाईंले सामान्य शिष्टाचारको शब्दसमेत प्रयोग गरेको सुनिँदैन ।

प्रसाईं भन्छन् ‘बढी नहो, निधारमा ३ इञ्च गहिरो बनाइनेछ, डाँका,तँ डाँकै होस् ।’

वार्ताको प्रारम्भमै प्रसाईंले सुवेदीलाई ‘तँ को होस्,नेपालको ऐन बनाउने होस् ?’ भनेर झपारेका छन् । सुवेदीले पनि ‘ऐन मिच्ने तपाईंचाँहि को हो नि ? ल आउनुस् बसेर ऐन पढौं’ भनेको सन्दर्भमा उनले फेरि ‘तँ को होस् ? तैंले अरुलाई हेपेजस्तो घुमाउन नखोज् । आजको आवश्यकता के हो ? मान्छे कति मरिसके हँ ? मेडिकल कलेज चाँहिदो रहेछ कि रहेनछ ?’ भनेर आफ्नो मेडिकल कलेजको बचाउ गरेका छन् तर त्यो पनि अमर्यादित शब्दमा ।

सुवेदीले भनेका छन्-शुरुमा अस्पताल चाहियो अनि मात्र मेडिकल कलेज । बीएण्डसीमा दुई लाख रुपैयाँ डिपोजिट नगरी किन उपचार हुँदैन भनेको सन्दर्भमा प्रसाईंले ‘ओइ,तेरो बाउले दिन्छ बैंकको ब्याज ? तेरो आमाले दिन्छे ? तेरी बहिनीले तिरिदिन्छे ? तेरो बाउले गर्ने भए तँ आफैँले गर्नु व्यवसाय’ भनेर धम्क्याएका छन् ।

सुवेदीले नम्र भाषामा ‘यस्तो बोल्ने हो भने फोन राखुँ । नम्र भाषामा बोल्नुहुन्छ भने बोल्नुस्’ भनेपछि प्रसाईंको तर्क सुनिन्छ ‘मैले धेरै खपेँ । तँ इञ्जिनियर,तँसँग डबली खोल्ने पैसा कहाँबाट आयो ?’ भनेर प्रतिप्रश्न गरेका छन् ।

सुवेदी भन्छन् ‘मैले डबली बन्द गरिसकेँ ।’ फेरि उत्तेजित हुँदै प्रसाईंले ‘तँ धेरै कुरा नगर भाइ,आफ्नो ठाउँमा बस्,नहाँस्,तैँले धेरै हाँसिस्,तैँले राम्रोसँग बुझ् भन्दै चेतावनीको भाषामा भनेका छन् ‘त्यो मेडिकल ऐनमा ऐन जारी हुनु पहिले मनशाय पत्र दिएर मापदण्ड पूरा गरेका कलेजलाई स्वीकृति दिएको हो ।’

फेरि उत्तेजित हुँदै प्रसाईंले भनेका छन् ‘तँ को होस् र मैले तँलाई मापदण्ड देखाउन पर्ने ?’
चिकित्सा शिक्षा आयोगले मापदण्ड दिएको छ र भनेर सुवेदीले सोधेको प्रश्नमा प्रसाईंले ‘तँ को होस् ? कानुन,राज्य, संविधान को होस् ?’ भनेर धम्क्याएको सुनिन्छ ।

सुवेदीले ‘म सर्वसाधारण हुँ’ भनेका छन् । उनी आफूले नियमसंगत ढंगले स्वीकृति लिएको बताउँदै भन्छन् “आयोगले केही पनि गरेको छैन ।’

सुवेदीले चोर बाटो किन प्रयोग गर्नुभएको भनेर सोधेपछि प्रसाईं कुर्लिएका छन् ‘कुन चोरबाटो ?’ त्यहि क्रममा उनले सोधे ‘किन धम्क्याउनुहुन्छ ?’

तर प्रसाईं भन्छन् ‘बढी नहो, निधारमा ३ इञ्च गहिरो बनाइनेछ, डाँका,तँ डाँकै होस् ।’

टिप्पणीहरू