थप सतर्क बनौं,कोरोनाको नयाँ भेरियन्ट निकै खतरनाक प्रमाणित (भिडियो सहित)

थप सतर्क बनौं,कोरोनाको नयाँ भेरियन्ट निकै खतरनाक प्रमाणित (भिडियो सहित)

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ ।

महाशाखा प्रमुख डा.कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेकोभन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको जानकारी दिनुभएको छ । यो भेरियन्टको २० देखि ४४ वर्ष उमेर समूहमा उच्चसंक्रमण रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘प्रारम्भिक अध्ययनहरुले यसको संक्रमण हुने दर अन्य भेरियन्टभन्दा उच्च रहेको देखिएको थियो । नेपाल र भारतमा बढेको दरलाई हेर्दा पनि यो अलि बढी संक्रामक छ भनेर भन्न सकिन्छ । केही अध्ययनअनुसार,बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको आँकलन गरिएको छ ।

उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष समूहमा उच्च संक्रमण दर देखिन्छ । तर अरु उमेर समूलाई पनि यसले छोड्दैन भन्ने अप्रत्यक्ष रुपमा पुष्टि भएको छ ।’

डा.पौडेलले हाल लगाइएको कोभिड विरुद्धको कोभिसिल्ड खोपले तुलनात्मक रुपमा उक्त भेरियन्टको संक्रमण र त्यसको जटिलतालाई कम गर्न साथै मृत्युदर कम गराउन प्रभावकारी हुने बताउनुभयो ।

उहाँले सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाईलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेमा मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने बताउँदै जनस्वास्थ्यका मापदण्ड कडाइकासाथ पालना गर्न आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू