विभिन्न ठाउँमा चार पुरुष मृत फेला

विभिन्न ठाउँमा चार पुरुष मृत फेला

मोरङ,कपिलवस्तु,सुनसरी तथा सुर्खेतमा गरी बिहीबार चार शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित जंगलमा सोही ठाउँका २२ वर्षीय उगेन मगरको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार माछा मार्न गएका उनी घर फर्केर नआएपछि खोज्दा उनको शव जङ्गलमा फेला परेको हो ।

यस्तै,कपिलवस्तुको शिवराज नगरपालिका–२,बालापुरस्थित लुम्बिनी ग्रीन रिसोर्टका कर्मचारी भारत उडिसाका ४० वर्षीय लककुमार बिश्वास सोही रिसोर्टमा मृत अवस्थामा फेला हुन् । आफैँ सुत्ने कोठामा लास भेटिएहो ।

त्यस्तै,इटहरी उपमहानगरपालिका–६ मा पनि पहिचान खुल्न नसकेको शव फेला परेको छ । अन्दाजी २७ वर्षका देखिने पुरुषको शव फेला परेको बताइएको छ ।

उता सुर्खेतको गुर्भाकोट नगरपालिका–११ रिनिघाटस्थित भेरी नदी किनारमा पनि पहिचान नखुलेको एक शव फेला परेको छ । प्रहरीका अनुसार ती करिब २५ वर्ष उमेरका पुरुष हुन् ।

टिप्पणीहरू