कल बाइपास गर्ने भारतीयसहित दुईजना पक्राउ

कल बाइपास गर्ने भारतीयसहित दुईजना पक्राउ

गैरकानुनी तवरले अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा भारतीय नागरिकसँगै अर्का एक जना नेपाली पक्राउ परेका छन् ।

राजधानी काठमाडौंका विभिन्न स्थानमा गैरकानुनी उपकरण प्रयोग गरी अन्तर्राष्ट्रिय आगमन कल बाइपाससम्बन्धी व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भारतको पञ्जाब राज्यका राना शाह र रौतहट,रमौली बेरिया गाविस ६ बस्ने बंगलादेशी मूलका स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो ।

दुबैजनालाई भाडामा लिइएको चन्द्रागिरी नगरपालिका २ बसण्डोलस्थित श्यामकृष्ण श्रेष्ठको घरको कोठाबाट शुक्रबार पक्राउ गरेको बताइएको छ । उनीहरूले ६४ पोर्टको गेटवे उपकरण प्रयोग गरेर धन्दा गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवैलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत अनुसन्धान भइरहेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले विभिन्न विद्युतीय उपकरण, दुई थान मोबाइल सेट, पेन ड्राइभ, सिम कार्ड, रिचार्ज कार्डलगायतका सामाग्री समेत बरामद गरेको छ ।

टिप्पणीहरू