माया एकैचोटी दुई वटा हिमालतिर

माया एकैचोटी दुई वटा हिमालतिर

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहण गर्न लागेकी नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्ष माया शेर्पालाई नेपालको राष्ट्रिय झण्डासहित आज बिदाई गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शेर्पालाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै ओलीले दुवै हिमालको सफलतापूर्वक आरोहणको निम्ति शुभकामना दिनुभयो । त्यस अवसरमा उहाँले शेर्पालाई आफ्नो स्वास्थ्यको ख्याल राख्दै आरोहण गर्न सुझाव दिनुभएको थियो ।

सन् २००३ देखि हिमाल आरोहण थालेकी शेर्पाले विश्वका ८ हजार मीटर अग्ला १४ वटै हिमाल चढ्ने लक्ष्य राखेकी छन् । तीमध्ये ५ वटा हिमालको आरोहण गरिसकेकी शेर्पा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा तीन पटक पुगिसकेकी छन् ।

यसअघि शेर्पालाई नेपाल पर्वतारोहण संघका तर्फबाट दुबै हिमालको सफलतापूर्वक आरोहणको शुभकामनासहित संघको झण्डा संघका अध्यक्ष सन्तवीर लामाले प्रदान गरेका थिए । दुवै हिमालको आरोहणका निम्ति शेर्पा भोलि त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

टिप्पणीहरू