वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

राष्ट्रिय समचार समिति (रासस)का पूर्वअध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट दर्शन र पत्रकारिता अन्तर्गत ‘बौद्ध दर्शन’ र सञ्चार विषयक शोध प्रबन्धमा विद्यावारिधि (PH.D.)उपाधि हासिल गर्नु भएको छ।

प्रा.डा.राजकुमार पोखरेल, प्रा.हरि प्रसाद अधिकारी, विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्य, भिक्षु प्रा.डा.सकिच्च, प्रा.डा.गितु गिरी ,प्रा.डा. रञ्जना बज्राचार्य, प्रा.डा. सुवर्णलाल बज्राचार्यलगायतका बाह्य तथा आन्तरिक परीक्षक एवं लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान समितिका पदाधिकारीहरुको २०७७ फागुन १९ गते बसेको बैठकले उहाँलाई विद्यावारिधि (PH.D.) उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।शोध प्रबन्धको निर्देशकमा प्रा.डा.गितु गिरी र शोध विशेषज्ञमा डा.माधव पन्थी रहनु भएको छ।

अनुसन्धान समितिको बैठकले उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यावारिधि उपाधि सम्बन्धी विनियम २०७५ परिच्छेद ४ नियम नं. ४५ को च अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित पिएचडी कार्यक्रम अनुसार  विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो। विद्यावारिधि (PH.D.) उपाधि प्राप्त चापागाईंले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. कानूनमा एलएलबी र  पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा  एम.ए. एवं प्राकृतिक चिकित्सा र योग विज्ञानमा डिप्लोमा समेत गर्नु भएको छ ।

टिप्पणीहरू