दुई कोमल दुईतिर

पूर्व राजासहित भारतको पश्चिम बङ्गाल (दार्जिलिङलगायत) राज्य पुग्नुभएकी पूर्व रानी कोमल राज्यलक्ष्मी शाह पर्सि शुक्रबार झापा फर्कनुहुने भएको छ । फागुन १९ गते काकडभिट्टा नाका हुँदै सिलिगुडीतर्फ प्रस्थान गरेको पूर्व राजदम्पतिको भ्रमणको उद्देश्यबारे केही पनि बताइएको छैन ।

उता,एमालेकी राष्ट्रिय सभा सदस्य कोमल ओलीले हिजो मध्यान्ह एमालेकै नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालत, बबरमहलमा मानहानीको मुद्दा दर्ता गरेकी छन् । कानुन व्यवसायीसहित पौने १२ बजे अदालत पुगेर उजुरी दर्ता गर्न उनलाई झण्डै १५ मिनेट लागेको थियो । वलीको उजुरीको दर्ता नम्बर १३५६ रहेको अदालत स्रोतले बताएको छ ।

टिप्पणीहरू