झापाली समाज इजरायलको अध्यक्षमा माला योञ्जन

झापाली समाज इजरायलको अध्यक्षमा माला योञ्जन

झापाली समाज इजरायलको अध्यक्षमा समाजसेवी व्यक्तित्व माला योञ्जन तामाङ निर्विरोध चयन भएकी छन् । जुम प्रविधिबाट १७ फेबु्रअरीका दिन भएको चौथो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सावित्रा लुइँटेल घिमिरे, उपाध्यक्षमा नम्रता उप्रेती, निर्मला दाहाल पौडेल, देवी खरेल पाण्डे र मुना अधिकारीलाई चयन गरेको छ ।

यसैगरी महासचिवमा सुन्दर नेपाल, सचिवमा पवित्रा बजगाईं क्षेत्री, कोषाध्यक्षमा पवित्रा चापागाईं र सहकोषाध्यक्षमा विष्णु उप्रेतीलाई निर्वाचित गरेको छ । सदस्यहरूमा दुर्गा चापागाई, कुशल शर्मा,प्रज्ञा कार्की, आइन्द्र लिम्बू, शंखर क्षेत्री, गोपाल घिमिरे, राज भट्टराई, राजेन्द्र उप्रेती, मायु खड्का र मिना संग्रौला सेढाईं रहेका छन् । समाजको महिला विभागको संयोजकमा रमा बुढाथोकीलाई चयन गरिएको छ ।

अधिवेशन उद्घाटन गर्दै नेपाली राजदूत डा. अन्जान शाक्यले समाजले गरेका सामाजिक गतिबिधिको खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा समाजका अध्यक्ष छत्र सुब्बाको साथै इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

अधिवेशनको सभापतित्व समाजका निवर्तमान अध्यक्ष सन्दिप भन्डारीले गरेका थिए भने निवर्तमान सचिव मुना अधिकारीले स्वागत गीत मार्फत् उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । अधिवेशनमा समाजको आर्थिक गतिविधिलगायत विगत कार्यकालमा झापा र नेपालका विभिन्न भागमा गरिएको सामाजिक तथा परोपकारी कार्यहरूको बारेमा संस्थाकी निवर्तमान कोषाध्यक्ष निर्मला दाहाल पौडेलले विस्तृत विवरण पेस गरेकी थिइन् ।

नवनियुक्त अध्यक्ष योञ्जनले आगामी दिनहरूमा सबैसँग सहकार्य गर्दै, समाजलाई अझै क्रियाशिल रूपमा सामाजिक दायित्ववोध गर्दै, अगाडि बढाउँदै लाने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

रामप्रसाद ढुुंगेल, दुबई ।

टिप्पणीहरू