अखिलको झडप, पुलिसमा उजुरी

अखिलको झडप, पुलिसमा उजुरी

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा नेकपाका दुई समूहबीच झडप हुँदा दीपक बस्नेतको दाँत भाँचिएको आरआर अनेरास्ववियु सभापति तवेन्द्र शाहीले जानकारी दिएका छन् ।

शाही प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठनका नेता हुन् । महानगरीय प्रहरी वृत्त अनामनगरका अनुसार दुवैपक्षले ज्यान मार्ने अपराधअन्तर्गत निवेदन दिएका छन् ।

सरस्वती पूजाको निहुँमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूमाथि ओली समूहले आक्रमण गरेको र झडपपछि क्याम्पस प्रशासनले सीसीटिभी फुटेज देखाउन आनाकानी गरेको बताइएको छ ।

टिप्पणीहरू