चोभारमा एक जनाको ज्यान गयो

चोभारमा एक जनाको ज्यान गयो

हिजो साँझ चोभारको मञ्जुश्री पार्क नजिकै भएको सडक दुर्घटनामा एक ज्यान गएको छ । साँझ ८ बजेतिर चोभारस्थित बन्दै गरेको सुख्खा बन्दरगाहको गेटअगाडिको मूल सडकमा बल्खुबाट टौदहतर्फ जाँदै गरेको बा.४ ख ४५६४ नं.को ट्रिपर र विपरित दिशाबाट आएको स.१० प ४९१३ नं.को मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

खोटाङ च्यास्मिटार घर भएका २५ वर्षीय मोटरसाइकल चालक सरोज राईको घटनास्थलमै ज्यान गएपछि प्रहरीले आवश्यक मुचुल्का गरी मध्यरात शव परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्जमा पठाएको थियो । २८ वर्षका ट्रिपर चालक कुम बहादुर स्याङ्बो र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू