आतंकवादमा नेपाल अझै अगाडि

आतंकवादी आक्रमण र घटनाबाट आक्रान्त विश्वका ‘टप टेन’ मुलुकमध्ये अफगानिस्तान पछिल्लो रिपोर्टमा पनि पहिलो नम्बरमै देखिएको छ । छिमेकी मुलुक भारत ८ र अफगानिस्तान ७ नम्बरमा रहेको विश्वव्यापी आतंकवादी सूचक २०२० मा उल्लेख छ । दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः नाइजेरिया, सिरिया र सोमालिया छन् भने छैटौंमा यमन, नवौंमा कंगो र दशौंमा फिलिपिन्स दर्ज भएका छन् ।

अघिल्ला वर्षमा देखिएको आतंकवादी हमला र घटनाको ऋंखला यो वर्ष केही घटेको देखिए पनि केही मुलुकमा भने त्यस्ता आक्रमणको संख्यामा बढोत्तरी भएको छ । दक्षिण एशियाली मुलुकमध्ये श्रीलंका २० औं र नेपाल २७ औं स्थानमा रहेको देखाइएको छ । यसअघि नेपाल ७ स्थान पछाडि अर्थात् ३४ नम्बरमा थियो । नेपालपछि बंगलादेश ३३ स्थानमा छ । यसअघिको सूचीबाट ११ स्थान माथि उक्लिएर भुटान त्यस्तो आक्रमण र घटनाको कुनै गतिविधि नभएको मुलुकको १ सय ३५ नम्बरमा छ ।

टिप्पणीहरू