गरे सबै हुन्छ यहीं

आषिका लम्साल

मोरङको बूढीगंगा गाउँपालिका ४ हात्तीमुढास्थित मनमोहन पोली इन्स्टिच्युट अव देशकै पहिलो प्राविधिक विश्वविद्यालय (एमएमटीयु) मा रूपान्तरित भैसकेको छ ।

एउटा समान्य ‘वेशबटम’ पठनपाठनमा आधारित प्राविधिक शिक्षालय ठूलो महत्वाकांक्षा पालेर अब ‘टप टु बटम’ रिसर्चको ध्येय लिएर प्राविधिक विश्वविद्यालय बन्न सफल भएको छ । र, एउटा समान्य प्राविधिक शिक्षालय ‘मनमोहन पोली इन्स्टिच्युट’ लाई भारतको प्रसिद्ध इञ्जिनियरिङ शिक्षण सँस्थान ‘आइआइटी’ (ईण्डियन इन्स्टिच्यट अफ टेक्नोलोजी) को हाराहारीमा पु¥याउने लक्ष्य बोकेको मनमोहन प्राविधिक विश्वविद्यालयमा रूपान्तरित गराउने कार्यमा डा. सुभाषश्री पोखरेलको मुख्य हात छ ।

चाहेका भए डा. सुभाषश्रीले भारत , कोरिया , अमेरिका जहाँ पनि गएर धेरै मानप्रतिष्ठा र पैसा कमाउन सक्थे । अझै माथिको ओहोदामा जागिर खानसक्थे । नेपालमै पनि मासिक चार पाँच लाखसम्मको जागिर खान कतै भौंतारिनुपर्ने थिएन । चाहेको भए सरकारको उच्च निकायको कार्यकारी प्रमुख पनि नियुक्त्त हुनसक्नेथिए । तर सुनसरीको ग्रामीण क्षेत्र दुहबी नगरपालिका– ५ स्थित गाउँमा जन्मेका डा. पैसा र प्रतिष्ठा सबै मनमोहनलाई नै ठाने ।

नेपालमा विज्ञानतर्फ स्नातक सकेर सिक्किमको मनिपाल विश्वविद्यालयबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका सुभाषश्रीले दक्षिण कोरियाको ‘चोङबुक नेशनल युनिभर्सिटी’बाट विद्यावारिधि गरेका छन् । सोही विश्वविद्यालयमा सहायक अनुसन्धानकर्ताको रूपमा तीन वर्ष जागिर खाएर स्वदेश फर्केका उनले सन २०११ देखि मनमोहन पोली इन्स्टिच्युटमा कार्यकारी प्रमुख बनी जागिर खान थालेका हुन् ।

टिप्पणीहरू