चरेस बनाउने कच्चापदार्थ जलाएर नष्ट गरियो

सरकारले गाँजा लाई अहिलेसम्म लागू पदार्थको रूपमा राखेर यसको प्रयोग र बिक्रीवितरणमा रोक लगाइरहेको बेला बागलुङ जिल्लामा भने गाँजा उत्पादन र बिक्रीवितरणमा भने कुनै कमि आएको देखिदैन ।प्रहरीले पटकपटक गाँजा चरेस बरामद गर्ने जलाएर नष्ट गर्ने कामलाई भने निरन्तरता दिइरहेको छ ।

स्थानीय रूपमा उत्पादन हुने गाँजा लाई सरकारले लागु पदार्थ भन्दै बिक्रीवितरण र उत्पादनमा रोक लगाएपछि जिल्लामा प्रहरी प्रशासनले गाउँ गाउँमा बाट बरामद गरेको गाँजा जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले केही दिन अघि बरामद गरेको ठूलो लाखौं रूपैयाँ मुल्य पर्ने  लागूपदार्थ गाँजा जलाएर नष्ट गरेको हो  ।

प्रहरीले १ सय ५० केजी चरेस बनाउन प्रयोग गर्ने कच्चापदार्थ जिल्लाका संचारकर्मिकाे राेहवरमा जिल्ला प्रहरी कार्यालय प्राङ्गणमा जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठले बताए ।

बागलुङ जिल्लाको पश्चिम निसि खोला गाउँ पालिका वडा नम्बर ६ लुप्राङ्गका ३४ बर्षिय टेकबहादुर घर्ती लाई १५० केजी अबैध गाँजा जलाएर नष्ट गरेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

बागलुङ जिल्लाको विभिन्न सञ्चार माध्यममा कार्यरत जनप्रतिनिधि ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसर भित्रै गाँजा जलाइएको थियो ।

अबैध गाँजेको काम कारोवार गर्ने घर्ती बिरूद्व जिल्ला अदालत बागलुङमा मुद्दा चलाइएको छ । ५० ग्राम सम्मगाँजा चरेस भेटिए तीन महिना कैद वा तीन हजार जरिवाना, ५० ग्राम देखि ५ सय ग्रामसम्म भेटिएमा एक महिना देखि एक बर्ष सम्म कैद र दुई हजार देखि १० हजार रुपैँया सम्म जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

यस्तै ५ सय ग्राम देखि १ किलो सम्म भेटिए ६ महिना देखि दुई बर्ष सम्म कैद र १० हजार रुपैँया सम्म जरिवाना, २ किलो देखि १० किलो सम्म भेटिए तीनबर्ष सम्म कैद र २५ हजार रुपैँया सम्म जरिवाना तथा १० किलो देखिमाथि जुनसुकै परिमाणमा भेटिए पनि १० बर्ष सम्म कैद र एक लाख सम्मको जरिवाना तिर्नुपर्ने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यस्तै कारबाहीका लागि थप अनुसन्धान भैरहेको बताइएको छ । विगतमा गाँजा, चरेस बोक्ने भरियाहरु मात्रै पक्राउ पर्ने गरेकोमा यस पटक कारोवारीसहित ठूलो परिणाममा लागू औषध फेला परेपछि प्रहरीको सक्रियता बढेर गएको छ ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा गाँजा चरेस लगायत लागू औषधकाे ठूलो परिणाममा काम काराेवार हुने गरेको मात्रै हैन चरेस बनाउने कारखाना नै भएको कुरा बाहिर आएपनि अहिलेसम्म त्यसलाई भेटाउन भने सकेको छैन ।

देशको संघीय संसदमा समेत सांसदहरूले गाँजा लाई बैधानिक रूपमा बिक्रीवितरण गर्न दिनुपर्ने कानुन बनाउन संघीय सांसद बिराेध खतिवडा लगायतले माग गरिरहेकाछन्  ।

 

टिप्पणीहरू