सहसचिव सरुवामा सुधनको लिस्ट
बेथितिको अन्त्य गर्ने घोषणासँगै गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको क्याबिनेट बैठकअघि उच्च तहका कर्मचारीको सरुवा सूची अन्यत्रैबाट पुग्ने गरेको पाइएको छ । अस्तिको मन्त्रिपरिषद् बैठकअघि विभिन्न सहसचिवको सरुवाका लागि हामी नेपालका सुधन गुरुङले प्रधानमन्त्री कार्कीलाई सूची नै बुझाएको स्रोतको दावी छ ।
अस्तिको क्याबिनेट बैठकले सहसचिवको सरुवाबारे कुनै निर्णय गरेको छैन । गुरुङले उपलब्ध गराएको सूची प्रधानमन्त्रीले मुख्यसचिवलाई दिएको र मुख्यसचिव हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कुरो पुगेपछि वास्तविकता ‘एक कान,दुई कान, मैदान’ भएको हो ।
सरुवाको प्रारम्भिक होमवर्क सामान्यले गर्नुपर्ने भएकाले पनि ‘जेन जी’ को आवरणमा सक्रिय समूहको स्वार्थ गाँसिएको सचिव र सहसचिवको सरुवाको भेउ त्यहाँका कर्मचारीले नपाउने कुरै भएन । यसअघि पनि कर्मचारी सरुवा र खटनपटनमा प्रधानमन्त्रीमार्फत् उक्त समूहले दबाब बढाएको खबर बाहिरिएको थियो ।
टिप्पणीहरू