पूर्व न्यायाधीशलाई श्रद्धाञ्जली दिन पशुपति पुगिन् प्रधानमन्त्री
आज दिउँसो निधन भएका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बाबु कुलबहादुर श्रेष्ठको पार्थीव शरीर पशुपति आर्यघाट पुर्याइएको छ ।
स्वर्गीय कुलबहादुरको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शुसीला कार्की पशुपति पुग्नुभएको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो सवा १२ बजे उनको निधन भएको हो ।
पूर्व न्यायाधीशसमेत रहेका कुलबहादुर केही दिनयता नर्भिकमा उपचाररत थिए ।
टिप्पणीहरू