कालोसूचीमा थप दुईजना
समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा पुष्पा हेन कन्स्ट्रक्सन र कौशिल बस्नेत निर्माण सेवा छन् । दुवै निर्माण व्यवसायीलाई तीन वर्षका निम्ति कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
‘तपसिलका निर्माण व्यवसायीलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी गराइन्छ,’ कार्यालयले भनेको छ ।
टिप्पणीहरू