थपिए १६८ मतदानकेन्द्र
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निवाचन आयोगले मतदानस्थलहरु हेरफेर गरेको छ । आज बसेको आयोगको बैठकले मतदाताको सहजताको लागि देशभरका विभिन्न जिल्लामा १६८ वटा नयाँ मतदानस्थल थप्ने निर्णय गरेकाे हो ।
आयोगले यसअघि कायम रहेका ९३ मतदानस्थल भने खारेज गरेको छ । यससँगै अब देशभर १०, ९६७ मतदानस्थल कायम भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार करिब ८ लाख नयाँ मतदाता थपिएको कारण मतदानस्थलहरु पनि पुनरावलोकन गरिएको हो ।
मतदानस्थलको नाम र ठेगाना किटान, मतदाताको स्थान्तरण तथा नयाँ मतदानस्थलमा समायोजनको काम पनि सकिएको आयोगले जनाएको छ ।
टिप्पणीहरू