कर्ण थापालाई एमाले मुख्यालयमा कसले हात हाले ?
एमाले पार्टी कार्यालय च्यासलमा स्थायी कमिटी सदस्य कर्ण थापालाई दुर्व्यवहार गर्ने दाङका युवाको पहिचान खुलेको छ । तुलसीपुर-६ निवासी कृष्णसागर वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा पटक पटक पक्राउ गरेको पाइएको छ । सामूहिक बलात्कारमा सर्वोच्च अदालतबाट मतियार प्रमाणित भएका उनी सजाय भुक्तान गरिसकेका पात्र हुन् । राष्ट्रिय युवा संघमा सक्रिय उनी २०७९ को निर्वाचनताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनी औपचारिक रूपमा एमालेमा नफर्के पनि हिजो आज गुन्डुतिर धाइरहेका देखिन्छन् ।

टिप्पणीहरू