ओलीका कमाण्डर : बात लागेको लाग्यै

ओलीका कमाण्डर : बात लागेको लाग्यै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको पक्षमा देशभर संघर्ष थाल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आज गठित पार्टीको नयाँ युवा दस्ता नेशनल भोलिन्टियर फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले ‘असंवैधानिक ढंगले’ विघटन गरिएको संसद पुनःस्थापना हुनैपर्ने अडान दोहोर्याएका छन् ।

‘अनाधिकृत सिफारिस’को आधारमा बनेका वर्तमान प्रधानमन्त्रीलाई मान्यता दिन नसकिने उनको धारणा छ । अगाडि भने, ‘विभिन्न स्वार्थ बोकेको,गलत नियत बोकेको,अनाधिकृत सिफारिसको आधारमा प्रधानमन्त्री बनेको व्यक्तिले गरेको संसद विघटनलाई कुनै हालतमा संवैधानिक मान्न सकिँदैन । त्यसैले गैरकानुनी ढंगबाट विघटित संसद पुनःस्थापनाका लागि देशभरबाट दबाब सिर्जना गर्न थालिहाल्नुस् ।’ 

कार्यक्रममा पार्टीको जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय नेशनल भोलिन्टियर फोर्स घोषणा गरेका छन् । जसको पुष्पराज श्रेष्ठ हुन् ।

सिन्धुलीका श्रेष्ठ विगतमा विभिन्न आपराधिक विवादमा आरोपित छन्  । प्रहरी रेकर्डअनुसार, उनीविरुद्ध विभिन्न समयमा आधा दर्जनभन्दा बढी अपराधका उजुरी दर्ता भएका थिए ।

टिप्पणीहरू