जेनजीले माइतीघर ओगटेपछि महेश बस्नेतहरू बबरमहलमा
नेकपा एमालेका कार्यकर्ताले काठमाडौँमा जुलुस निकालेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूको सुरक्षाका लागि भन्दै गठन गरेको नेसनल भोलेन्टियर फोर्स घोषणाअघि युवा-कार्यकर्ता शक्ति प्रदर्शन गर्न सडकमा निस्किएका हुन् । बबरमहलदेखि बानेश्वरसम्म जुलुस गर्ने तयारी छ ।
युवा संघका इञ्चार्ज महेश बस्नेत, अध्यक्ष क्षितिज थेवेलगायतले नेतृत्व गरेको जुलुस कार्यक्रमस्थल कार्की व्यांक्वेटसम्म पुग्नेछ । त्यहिँ अध्यक्ष ओलीले भोलेन्टिएर फोर्सको औपचारिक घोषणा गर्ने छन् ।
यसअघि एमाले कार्यकर्ताले माइतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुस निकाल्ने तयारी गरेका थिए । तर, त्यसअघि नै जेनजी आन्दोलनका घाइतेहरू माइतीघरमा भेला भएपछि उनीहरू बबरमहलमा खुम्चिएका हुन् ।
टिप्पणीहरू