टिओबी नेता तेन्जिनका दुई कसुर,अनुसन्धान जारी
पेस्तोल देखाएर आतंक मच्चाएको आरोपमा समातिएका टिबेटियन ओरिजिनल ब्लड (टिओबी) का नेता तेन्जिन दावा लामामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सकिएको छ । तीन वटा कसुरमा अनुसन्धान थालिएकोमा एउटाको सम्पन्न भएको हो ।
हाल लागुऔषध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर,काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले बताए । जनआस्थासँग उनले भने,‘अभद्र व्यवहारको कसुरमा अनुसन्धान सकिएको छ । लागुऔषध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेका छौं । त्योपनि करिब अन्तिममा पुगिसकेको छ ।’

झण्डै डेढ महिनादेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामामाथि प्रहरीले शुरुमा अभद्र व्यवहारको कसुरमा मात्र अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा उनको नेपाली नागरिकता नै नक्कली भएको पाइएको हो । उनले नक्कली बुवाआमा खडा गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ६ बाट नागरिकताको सिफारिस लिएको खुलेपछि लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान अगाडि बढाइएको हो ।
यता, प्रहरीले उनको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध फेला पारेको थियो ।


टिप्पणीहरू