फैसलाको प्रतिलिपि माग्नेसँगै नासुले मागे घुस
घुससहित समातिएका अदालतका कर्मचारीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलाविरुद्ध मुद्दा दर्ता भएको हो ।
अदालतको मुद्दा मिसिल अभिलेखको फाँट ‘क’ मा कार्यरत उनी गत भदौ १९ गते १२ हजार रुपैयाँ घुससहित समातिएका थिए ।
अनुसन्धानको क्रममा बैनाबट्टा लेनदेन मुद्दाका सम्बन्धमा अदालतबाट भएको फैसलाको प्रतिलिपिका निम्ति उनले विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारको दाबी छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १२ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
टिप्पणीहरू