विदेशी लगानीकर्ताका लागि अर्थमा छुट्टै युनिट
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत रहनेगरी फोकल युनिट स्थापना गरेर सञ्चालनमा ल्याएको हो । विदेशी लगानीकर्तालाई सहजीकरण गर्नका लागि युनिट स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव टंकप्रसाद पाण्डेयले बताए ।
फोकल युनिटले अर्थसँग प्रत्यक्ष सम्बन्ध रहने बैंकिङ्ग तथा राजश्वसँग सम्बन्धित विषयमा पनि समन्वय गर्ने उनले जानकारी दिए ।
टिप्पणीहरू