खै त मानवीयता ?

खै त मानवीयता ?

दुई खुट्टाको सहारामा उभिँदैमा कोही पनि सच्चा मानव हुँदैन। मानव हुनका लागि मानवता पनि हुनैपर्छ। हाम्रो धर्मशास्त्रमा भनिएको छ, “आत्मबल र त्यस बललाई सदुपयोग गरेर प्राणी मात्रको कल्याण गरी जनजनबाट शुभआर्शिवाद लिएर जीवन सार्थक पार्ने सुकार्यहरूमा मात्र अघि बढ्ने गोरेटोबाट पाइला चालिरहने व्यक्तिलाई सुमानव भनिन्छ।”

तर, पछिल्लो समय मानवहरुबाट मानवता हराउँदै गएको छ। सबै जना ‘कसरी कमाउने? कसरी माथि जाने?’ भन्नेमा मात्र केन्द्रित छन्। गुरुकुलमा पढेकादेखि अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अध्ययन गरेर आएका मानिसहरूले भोट दिएर नेताहरूलाई सत्तामा पुर्याउँछन्। मुलुकको विकासका लागि फूलमाला र अबिरले स्वागत गरेका उनीहरू त्यसपछि कुकार्यमा लाग्छन्। महाशक्तिको चरम दुरुपयोग गरेर देशलाई अन्तर्राष्ट्रियस्तरमा बद्नाम गराउँछन्।

मान्छे भनेको अनुहार र उभिएको शरीर मात्र होइन, भन्ने कुरा आठ ठाउँ भाँच्चिएका अष्ठ वक्रले संसारलाई सिकाएका थिए।

उनीहरूले के–के गरेका छन् र त्यसको परिणाम के होला? यसको लेखाजोखा इतिहासले नै गर्नेछ। नेतृत्वहरूले स्वदेशी र विदेशी नशाबाट मुक्त भएर देशको माटो समातेर, श्री पशुपतिनाथको नाम लिएर अगाडि बढ्ने हो भने मात्रै रामराज्य स्थापना हुनेछ। यसका लागि मतदाता, प्रहरी, अदालत, नागरिक—सबैको आ–आफ्नो दायित्व रहन्छ।

उनीहरूले आफ्नो कुर्सीको मर्यादा याद राखेर कलम चलाउनुपर्छ। मान्छे भनेको अनुहार र उभिएको शरीर मात्र होइन, भन्ने कुरा आठ ठाउँ भाँच्चिएका अष्ठ वक्रले संसारलाई सिकाएका थिए। यो कुरा सबैले आफ्नो मानसपटलमा राख्नुपर्छ।

टिप्पणीहरू