भदाैकाे प्रदर्शन र विध्वंसलाई ‘जनआन्दोलन’को वैधानिकता दिने तयारी

भदाैकाे प्रदर्शन र विध्वंसलाई ‘जनआन्दोलन’को वैधानिकता दिने तयारी

गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेका विध्वंसकारी घटनालाई सरकारले ‘जनआन्दोलन’का रूपमा वैधानिकता दिने तयारी गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र जेन जी आन्दोलनका अगुवाहरुबीच भएको छलफलमा दुवै दिनका घटनालाई ‘जनआन्दोलन’को नाम दिने सहमति भएको जनाइएको छ। छलफलमा सहभागी एक जेन जी नेताका अनुसार प्राविधिक तयारी सकाएपछि सरकारले यस सम्बन्धमा औपचारिक निर्णय गर्नेछ।

‘मोटामोटी रूपमा जनआन्दोलनको वैधानिकता दिने सहमति भएको छ,’ उनले जनआस्थासँग भने, ‘हाल प्राविधिक काम भइरहेको छ, त्यो सकिएपछि सरकारले आधिकारिक सूचना जारी गरेर जनआन्दोलन घोषणा गर्ने निर्णय भएको छ।’

नेपालमा २०४६ र ०६२/६३ का आन्दोलनहरूलाई व्यवस्था परिवर्तनको संघर्षका रूपमा ‘जनआन्दोलन’को मान्यता दिइएको थियो। यता, केही राजनीतिक दल, नागरिक समाज र कानुन व्यवसायीहरूले भने भदौ २३ र २४ का घटनालाई जनप्रदर्शनका रूपमा व्याख्या गरेका छन् । कतिपयले त्यसलाई विध्वंसका रूपमा मात्रै चित्रण गरेका छन्।

टिप्पणीहरू