सुशीला कार्कीको नियुक्तिविरुद्ध भोलि सुनुवाइ, सर्वोच्चमा धमाधम माइक जडान
संसद विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति अवैधानिक दाबी गर्दै परेका ११ थान रिटउपर सर्वोच्च अदालतमा भोलि हुने बहसका लागि तयारी तीव्र पारिएको छ । संवैधानिक इजलासमा हुने बहसमा मिडिया र सर्वसाधारणलाई प्रत्यक्ष जानकारी गराउन अदालत परिसरका विभिन्न स्थानमा माइक जडान गर्न थालिएको छ ।
भोलिको सुनुवाइमा संसद विघटन र कार्कीको नियुक्तिसम्बन्धी सबै रिटमाथि एकैसाथ बहस हुने बताइएको छ । यसका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिने छ ।
टिप्पणीहरू