मनास्लुको उत्तरी मोहडा
गत असोज महिनाको अन्तिम साता र कात्तिकको पहिलो साता उच्च हिमाली भेगमा पदयात्रामा गएका नेपालीहरुको संख्या उच्च देखिन्थ्यो । विशेषगरी धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमाल वरपरका भेग धेरैजसोको रोजाइमा परेको देखिन्थ्यो ।
सोही क्रममा काठमाडौंबाट तिहार बिदामा मनास्लु हिमालको फेदैमा पुगेको एउटा टोलीले उत्तरी मोहडाबाट फोटो खिचेको छ । आकाश खुलेको मौकामा खिचिएको गोरखा जिल्लामा रहेको उक्त हिमालको दृश्य निकै मनमोहक देखिन्छ ।
नाम उल्लेख गर्न नचाहने उक्त समूहका एक जनाले पदयात्राको क्रममा खिचेका आकर्षक तस्बिरहरुमध्ये गोरखाको सामागाउँमा रहेको वीरेन्द्र ताल पनि एक हो । त्यस्तै मनास्लुको फेदमा रहेको पेमा दोछिलोङ गुम्बा पनि निकै राम्रो देखिन्छ ।

टिप्पणीहरू