उत्तरबाट नेपाललाई आयो उपहार
चीनले निर्माण गरेको जिरी माध्यमिक विद्यालय आज नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । यो विद्यालय नेपालका लागि चीनले उपहारस्वरूप निर्माण गरेका १० विद्यालयमध्ये एक हो ।
विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राजदूत छन सोङले नेपालको नयाँ पुस्ताका लागि राम्रो अध्ययन वातावरण उपलब्ध गराउन चिनियाँ सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ । ‘नेपाली युवाहरूका लागि आधुनिक र सुरक्षित अध्ययन वातावरण तयार गर्न पाउँदा हामी गर्व गर्छौं। चीन सधैं नेपालको विकास यात्रामा साथ दिन तयार छ,’ उहाँको भनाई छ ।
जिरी माध्यमिक विद्यालयमा अत्याधुनिक कक्षाकोठा,विज्ञान प्रयोगशाला,पुस्तकालय र खेल मैदानको सुविधा उपलब्ध छ । विद्यालय स्थानीय समुदाय,अभिभावक र विद्यार्थीसँगको समन्वयमा सञ्चालन गरिने जनाइएको छ।



टिप्पणीहरू