पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

पूर्वसभामुख कृष्णबहादुर महरालाई कारागार चलान गरिएको छ । नौ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालतले काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ । 

नौ किलो सुन तस्करी प्रकरणमा गत आइतबार खुमलटास्थित निवासबाटै पक्राउ परेका महराको आज थुनछेक बहस चलेको थियो । बहसपछि न्यायाधीश हर्कबहादुर क्षेत्रीले थुनामा पठाउन आदेश दिएका हुन् । 

महरालाई भन्सार छली र संगठित अपराधको कसुरमा साढे ८ करोड बिगो र तीन वर्ष कैद सजायको मागदावी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले पूरक अभियोग दर्ता गरेको थियो ।

टिप्पणीहरू