घरमै साढे चार लाख घुस बुझेका हेडसर फन्दामा

घरमै साढे चार लाख घुस बुझेका हेडसर फन्दामा

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अस्ति राति आफ्नै घरबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

उनले विद्यालयमा हिजो हुन लागेको माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा उतीर्ण गराइदिने वचन दिएर एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेका थिए। साहले घरमा उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह समेत अख्तियारको फन्दामा परेका छन् । 

आयोगले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

टिप्पणीहरू