विध्वंश र गोली प्रहारको घटनामा संलग्नहरुमाथि कारबाही : नेविसंघ
नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिको आकस्मिक बैठकले भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने अडान राख्ने भएको छ । काठमाडौंमा जारी बैठकमा पछिल्लो राजनीतिक गतिविधि, संगठन पुनर्संरचना र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।
जेन जीको भावना र मर्मलाई संस्थागत गर्दै भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने निश्कर्ष बैठकले निकाल्ने बुझिएको छ ।
बैठकले संगठनको आगामी रणनीति र नीतिगत दिशाबारे पनि थप निर्णय गर्ने बताइएको छ ।
टिप्पणीहरू