नख्खु कारागारबाट भागेका कैदीद्वारा युवकको हत्या
ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा युवकको हत्या गरेका छन् । रवि लामिछाने निस्केपछि फरार कैदी आकाश मगरले ठमेल पुगेर सुरज तामाङको हत्या गरेको तथ्य खुलेको छ ।
मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई मगरले असोज १३ गते खुकुरी प्रहार गरेका थिए । उपचारको क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण मगरले हत्या गरेको देखिएको छ। हत्यापछि पनि उनी फरार छन् ।
यसअघि पनि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले पनौती घर पुगेर श्रीमती मनिषा तामाङको हत्या गरेका थिए।
टिप्पणीहरू