काबुलमा भारतीय दूतावास

काबुलमा भारतीय दूतावास

भारतीय विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मवलवी अमिर खान मुत्तकीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मा जानकारी दिँदै यस भेटलाई भारत–अफगानिस्तान सम्बन्ध सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम भनेका छन् ।

उनका अनुसार, दुबै देशबीचको विकास सहयोग, द्विपक्षीय व्यापार, अफगानिस्तानको भौगोलिक अखण्डता र स्वतन्त्रता, जनस्तरको सम्बन्ध र क्षमता विकासका विषयमा विस्तृत छलफल भएको छ।

भारतले काबुलस्थित आफ्नो प्राविधिक मिसनलाई दूतावासमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू