पहिरो गएको ठाउँमा पूर्व माननीय

पहिरो गएको ठाउँमा पूर्व माननीय

नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले सिन्धुलीमा खसेको पहिरो हटाएका छन् । सुनकोशी गाउँपालिकाको नेपालथोक मझुवा मगर कमेरे फाँटमा खसेको लेदोसहित पहिरो हटाउन दाहाल नेतृत्वको टोली खटिएको थियो । 

पूर्व माननीय दाहाल डोजरसहित पहिरो खसेको स्थलमा पुगेका थिए । पहिरोका कारण डेढ सयभन्दा बढी सवारीसाधन रोकिएकोमा अहिले यातायात सुचारु भइसकेको बताइन्छ । दाहाल नेतृत्वको टोली अहिले अर्को पहिरोस्थलमा पुगेको छ ।

तस्बिरहरु

टिप्पणीहरू