प्रत्यक्षमै अड्किरह्यो माओवादी
नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थालाई फेरि पनि मुख्य एजेण्डा बनाउने भएको छ । परिणाम नै बिचार नगरी पार्टीले प्रदेश र जिल्लास्तरका नेता तथा कार्यकर्तालाई सोहीअनुसार सर्कुलर पठाएको छ ।
असोज ९ र १० गते प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकपछि पार्टी कमिटी भंग भएर विशेष महाधिवेशन आयोजक समितिमा रुपान्तरण भइसकेको अवस्था छ । समितिका सयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित सर्कुलरमा आगामी निर्वाचनमा पार्टीले प्रमुख निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थालाई वकालत गरिने जानकारी गराइएको छ ।
मंसिर अन्तिम साता हुने विशेष महाधिवेशनको तयारी थाल्न र फागुनमा हुने निर्वाचनलाई लक्षित गरेर वातावरण सिर्जना गर्न पनि पत्रमा निर्देशन दिइएको छ । एक नेताका अनुसार पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिइएको छ ।
केन्द्रीय समितिको बैठकबाट 'नेपोटिज्म'सम्बन्धी कार्यविधि बनाउने, सबै नेताहरुको सम्पत्ति सार्वजनिक गर्ने, नेताहरुको सचिवालयसम्बन्धी मापदण्ड बनाउने लगायतका निर्णय सर्वसम्मतिले पारित भइसकेको छ ।
टिप्पणीहरू