अन्तरिम सरकारले ल्यायो पहिलो अध्यादेश

अन्तरिम सरकारले ल्यायो पहिलो अध्यादेश

छ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएको अन्तरिम सरकारले निर्वाचन कानुनसम्बन्धी अध्यादेश ल्याएको छ । 

सुशीला कार्की नेतृत्वको निर्दलीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो । संविधानको धारा ११४ को उपधारा (१) अनुसार अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका जेन जी युवाहरुलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसँग छलफल गरेका गर्नुभएकाे थियाे । उक्त छलफलपछि सरकारले निर्वाचन आयोगलाई कानुन संशोधनको प्रस्ताव तयार गर्न निर्देशन दिएकोमा अध्यादेश जारी गरिएकाे हाे ।

टिप्पणीहरू