बालेनको त्यो थलोमा यसरी पाक्थ्यो रोटी
मुलुकमा भदौ २४ गते मच्चाइएको विध्वंसको प्रारुप धेरै अघिदेखि बनाउन थालिएको केही प्रमाण बाहिरिँदै छन् । २०७९ को चुनावभन्दा धेरै अघिदेखि ललितपुर,सानेपास्थित प्रधान सेनापति निवास शशी भवन पछिल्तिर हेरिटेज गार्डेन पार्टी प्यालेस नजिकैको एउटा रेष्टुरेन्टमा दिनहुँजसो हुने भेटघाट, खानपिन र गाँजाको सर्कोमा बनाइएको स्रोतको दावी छ ।
पाटन क्याम्पसको नर्सिङ इन्ष्टिच्युट रहेको भवनबाट पूर्वतर्फ सडक किनारमा रहेको उक्त रेष्टुरेन्ट हिजोआज चिनियाँ सि थाङ नामले प्रख्यात छ । काठमाडौंका मेयर बालेन साहलगायतको जमघट हुने उक्त स्थानमा पछिल्लो समय चिनियाँ रेष्टुरेन्ट खुलेको छ ।
"भदौ २४ को घटनापछि सानेपाको उक्त रेष्टुरेन्टमा वर्षौंसम्म सहभागीमध्येका एक जनालाई उद्धृत गर्दै स्रोत भन्छ, ‘यो उपलब्धी साना दुःखले आर्ज्याको होइन ।’
नजिकै आराधना चर्च रहेको उक्त स्थानमा पहिले रेष्टुरेन्ट थियो । त्यसैको छेउ एउटा घरको माथिल्लो तलामा अमेरिकी सहयोगप्राप्त समता फाउण्डेसनको कार्यालय छ । समता फाउण्डेसनका डा. मदन परियार अहिले कृषिमन्त्री नियुक्त भइसकेका छन् ।
२०७९ को निर्वाचनअघि बालेन, आफूलाई भारतीय खुफिया एजेन्सी ‘रअ’को कानुनी सल्लाहकार बताउने भण्डारी थरका दाह्रीबाल लगायतको जमघटबाट युवालाई सामाजिक सञ्जालमा ब्रेन वास गर्दै मुलुक तहसनहस पार्ने योजना बुन्ने गरिएको सुरक्षा स्रोतलाई उतिबेलै शंका थियो । काठमाडौंमा जुट्दा प्रहरी प्रशासनको आँखा लाग्ने भएपछि उनीहरुले सानेपाको उक्त रेष्टुरेन्टमा मस्त खानपिन, छलफल र ‘जय शम्भो’को सर्को लिने गरेको बताइन्छ ।
भदौ २४ को घटनापछि सानेपाको उक्त रेष्टुरेन्टमा वर्षौंसम्म सहभागीमध्येका एक जनालाई उद्धृत गर्दै स्रोत भन्छ, ‘यो उपलब्धी साना दुःखले आर्ज्याको होइन ।’
मुलुककै सबैभन्दा ठूलो महानगरका जनप्रतिनिधि बालेनको राम्रामध्ये एक गनिने छिमेकी ललितपुुरका मेयर चिरिबाबु महर्जनसँगसमेत राम्रो सम्बन्ध छैन । चिरिबाबु नगरपालिका संघको अध्यक्ष भएपछि बालेन थप रुष्ट बन्न पुगेको बताइन्छ ।
जनप्रतिनिधि,जनता,मतदातासँग घुलमिल नगर्ने,गोप्य भेटघाटमा मात्रै रमाउने बालेन प्रायः शुक्रबारको राति मात्रै सामाजिक सञ्जालमा मनपरी लेख्ने गर्थे । पछिल्लो राजनीतिक घटनाक्रमपछि भने दिउँसो पनि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । ललितपुर महानगरका अनुसार मेयर चिरिबाबुले बूढानीलकण्ठदेखि गोदावरीसम्म साइकल ट्याक र मेट्रो लाइन खोल्न गरेको प्रस्तावलाई बालेनले पूरै बेवास्ता गरिदिएका छन् । चरम ‘इगो’ साँधेर बसेका उनको उद्देश्य अर्कै भएको पर्दा बिस्तारै खुल्न थालेपछि काठमाडौंका केही मतदाता भन्छन्, ‘यस्ता मान्छेले देश बनाउला ?’
मुलुक बिगार्न उध्यत रहेको आरोप लागेपछि हिजो एकजना मन्त्रीलाई बधाई दिने क्रममा बालेनले सामाजिक सञ्जालमा गोपाल योञ्जनको कालजयी राष्ट्रभक्तिपूर्ण गीत पनि हालेका छन् । गीतमा भनिएको छ, ‘पराया मुटु दौराको फेरले छोपेर पुग्दैन’, ‘नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ’ । विगतमा नेपाली आधुनिक, लोकगीतलाई गीत संगीत नमान्ने र्यापरले गोपाल योञ्जनको देशभक्तिपूर्ण गीतलाई आफूमाथि लागेको आरोप पखाल्ने हतियार बनाउन खोजेको आशंका धेरैको छ ।
अचम्मको संयोगको रुपमा केही महिनाअघि अमेरिकी राजदूतले सानेपाको त्यही जमघट थलो नजिकै एउटा केक सप उद्घाटन गरेका थिए ।
टिप्पणीहरू