खरानी बनाइएका संरचना ठड्याउन चीनको सहयोग
अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा राजदूत सोङले मन्त्री खनाललाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
सो क्रममा राजदूत सोङले दुई देशको ऐतिहासिक सम्बन्धलाई कायम राख्दै जेन जी ध्वंसमा खरानी भएका सार्वजनिक भौतिक संरचना पुनःनिर्माणको लागि सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच पनि शिष्टाचार भेट भएको छ । भेटमा राजदूत फेनले मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामनासहित विकास साझेदारीको लागि तयार रहेको बताउनुभएको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू