प्रतिवेदन बुझेपछि राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

प्रतिवेदन बुझेपछि राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण गर्नुभएको छ।

संघीय संसद्को दुवै सदनबाट पारित उक्त विधेयक प्रमाणीकरणका लागि आएकोमा उहाँले आज लालमोहर लगाउनुभएको हो । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधयेक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

त्यसअघि राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको थियो । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिलाई बुझाएको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू