माओवादी नेताहरू पेरिसडाँडामा भेला

माओवादी नेताहरू पेरिसडाँडामा भेला

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा केही बेरअघिबाट शुरु भएको बैठक अहिले बसिरहेको छ ।

जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषय बैठकको एजेण्डा रहेको बताइएको छ । माओवादीमा पछिल्लो एक वर्षदेखि नेतृत्व परिवर्तनको माग राख्दै आएका उपमहासचिव जनार्दन शर्मा र उनको समूहले पछिल्लो राजनीतिक घटनाक्रमपछि सडकबाट अध्यक्ष प्रचण्डको राजीनामा मागिरहेको छ । 

जेन-जी आन्दोलनको नाममा अराजक समूहले माओवादी मुख्यालय,खुमलटारस्थित प्रचण्ड निवाससहित दर्जनौँ केन्द्रीय नेताको घर लुटपाट, तोडफोड र आगजनी गरेको थियो । यो घटनापछि पहिलो पटक पदाधिकारी बैठक बसेको हो ।  
 

टिप्पणीहरू